.

दशैमा विराटनगरमा स्ट्रीट फेस्टिबल

विराटनगर , ८ असोज ।विराटनगरमा दशैको अवसरमा स्ट्रीट फेस्टिबल आयोजना गरिने भएको छ ।

 मञ्जिना मुभिज क्रिएसन र भाजू युवराज फाउण्डेसनले असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म दशैं स्ट्रीट फेस्टिबल आयोजना गर्ने भएको हो । 

विराटनगरको हिमालय रोडमा आयोजना हुने फेस्टिबलमा जातिय पहिचानसहितका परिकारहरु प्रदर्शनीमा राखिने आयोजक संस्था मन्जिना मुभिज क्रिएसनका सञ्चालक  जतिन ताम्रकारले जानकारी दिए । 

फेस्टिवलमा नेवारी, मारवाडी, थारूलगायत विभिन्न जातका २५ वटा स्टल राखिने उनले बताए । फेस्टिबमा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया