विराटनगर , ८ असोज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सुरक्षाको सन्दर्भ केही क्षेत्रमा सुरक्षा थ्रेट रहेको बताएका छन् ।
गृहमन्त्रालयले कोशी प्रदेश विराटनगरमा आयोजना गरेको सुरक्षा सम्बन्धि समसामयिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
प्रदेश सुरक्षाको सदर्भमा केही क्षेत्रमा सुरक्षा थ्रेटहरु छ । धेरै ठाउँमा पनि छैन । केही निश्चित ठाउँमा मात्र छु कार्कीले भने हुन त सदियौ देखीको स्थापित सामाजिक सद्भाव हो त्यति सजिलोसंग भड्किदैन होला । तरपनि छिमेकी देशमा दङ्गा चलिरहेकोको छ त्यहीका बाछिटा यता नआउला कि भन्न सकिन्न।
अहिले कोशीमा, सर्लाही मलङ्गवामा देखिएको जातीय र धार्मिक समस्याले मणिपुरमा जस्तो हुनसक्नेतर्फ सचेत हुनुपर्ने कार्कीले बताए । नामाकरणपछि स्वयं जिम्मेवार राजनीतिक दलहरुको प्रतिक्रियाले समेत थ्रेट सृजना भएको कार्कीले टिप्पणी गरेका थिए । तर, सहमति गरेकै नेताहरूले अहिले विपक्षमा बोलेको कारण सुरक्षा थ्रेट बढेको दाबी गरे ।
संविधानको व्यवस्था अनुसार प्रदेशले नामाकरण गरेको बताउँदै उनले कुनै राजनीति पार्टीले गलत भनेको, भए सच्याउँने भनिएकाले समस्या आएको उनले बताए । प्रदेशको नाममा चित्त नबुझेपनि निषेध गर्न नमिल्ने उनको भनाइ थियो । प्रदेशका ८३ सांसदमध्ये पनि एमाले केन्द्रीत आक्रमण भएको उनले गुनासो गरे ।
नेपालको सुरक्षा संयन्त्र बलियो रहेको बताउँदै त्यसलाई स्वतन्त्रता पूर्वक काम गर्न दिनुपर्ने बताए । राजनीतिक पार्टीहरूले नजानेरै भएपनि समर्थन दिएको कारण पनि सामाजिक सद्भभावमाथि आक्रमण भईरहेको उनको भनाइ छ ।
हाम्रो सुरक्षा निकाय निकै बलियो छ । धेरै घटनाहरुले त्यसलाई पुष्टि गरेको छु कार्कीले भने ुतर, त्यसलाई कहिलेकाहीँ हामि राजनीतिज्ञहरुले नै बिगार्छौ । त्यसलैइ स्वतन्त्र रुपमा छोड्दिऔ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?