.

अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

विराटनगर ,१५ असोज   ।अबका तीन दिन देशभरका नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।


आज झापा, मोरङ, उदयपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, गोरखा, लमजुङ, कास्की, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम०, कपिलवस्तु, दाङ र प्युठान आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।


भोलि र पर्सि पश्चिम राप्ती, बबई र तिनाउका साना सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।


यस्तै, भोलि र पर्सि लुम्बिनी र गण्डकी प्रदेश भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया