.

भिसा लागेका २४ जना सहायक कामदारलाई इजरायलको यात्रा नगर्न श्रम मन्त्रालयको आग्रह

विराटनगर , २३ असोज ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारहरूलाई इजरायलको यात्रा नगर्न अनुरोध गरेको छ ।


हिजो बेलुका मन्त्रालयले सूचना निकालेर श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।


भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय भोलि बिहान १ बजे तय भएको थियोे । तर इजरायलमा  युद्ध चलिरहेकाले  भिसा पाएका २४ जना कामदारलाई त्यहाँको यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो । हमास समूहको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ ।


जोखिमयुक्त क्षेत्रमा रहेका लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया