.

बाँकेमा आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक

विराटनगर , ८ कात्तिक । बाँकेमा आज मदिरा बिक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ। बडादसैंको भोलिपल्ट अर्थात आजका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो।


बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको  छ।


आदेशको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने उनले बताए। प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ।


दुर्गा भवानीको मूर्ति विसर्जन र्याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। बाँकेमा बडा दसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया