.

दशैँ शुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता

विराटनगर , ८ कात्तिक ।दशैँ शुरु भएदेखि थारू बस्तीमा सखिया नृत्यको रौनकता छ । बिहानदेखि बेलुका अबेरसम्मै मादलको तालमा महिला नाच्नछन् ।


कृष्णाष्टमीदेखि शुरु हुने सखिया नृत्य दशैँसम्म नाचिन्छ । यसमा पुरुषले मादल बजाउँछन् । जसलाई थारु भाषामा मदलिया भनिन्छन् । अंगिया, चोली र फरियामा सजिएका महिलाहरु हातमा मिजरा समातेर नाच्ने गर्छन् । मादलको तालमा नाच्दै मिजरा पनि बजाउँछन्  ।


थारु समुदायका अगुवा बलबहादुर डगौँराका अनुसार कृष्णाष्टमीपछि थारु समुदायमा खेतीपातीमा रोग किरा नलागोस् भनेर हरेरी गुरेरी पूजा गरिन्छ । त्यतिबेला नाङ्गो खुट्टाले आगो निभाइन्छ । त्यही बेलादेखि सखिया नृत्य शुरू हुन्छ ।


बर्खामा खेतीपातीको काम सकेर थकान मेट्ने माध्यमका रुपमा पनि सखिया नृत्यलाई लिइन्छ । सखियामा कृष्णलीला गाइन्छ । तर अचेल कृष्णलीला गाउनेहरु नै कम भएको थारु समुदायका अगुवाहरु बताउँछन् । अहिले टुक्राटुक्रामा विभिन्न खालका गीतहरु जोडेर पनि गाउने गरिन्छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया