.

आज पहाडका केही ठाउँमा सामान्य बादल लाग्ने, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै

विराटनगर ,  १२ कात्तिक । अहिले मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा केही बादल लागेको छ । काठमाण्डौ उपत्यकासहित बाँकी ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।


नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पश्चिमी पहाडका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा बादल लाग्ने सम्भावना रहेको छ ।


पहाडी क्षेत्रको केही ठाउँमा सामान्य वर्षा समेत हुने महाशाखाले जनाएको छ । अझै केही दिन डम्म बादल लाग्ने तथा पानी पर्ने सम्भावना कम रहेको छ । यसैबीच उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै गएको छ । अघिल्लो हप्तादेखि नै हिउँ पर्ने क्रम शुरु भएकोमा उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम बढ्दै गएको हो ।


आज पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिउँ पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया