.

लागूऔषध सेवनपछि मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या

 विराटनगर ,  १२ कात्तिक । जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवन र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ ।


धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको खुलेको प्रहरीको दाबी छ ।


प्रहरीले हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक पनि गरेको छ ।


दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।


गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो ।


तीनैजनाले सँगै बसेर लागूऔषध सेवन गरेको र त्यसपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि रुपेशको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।


बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।


प्रहरीका अनुसार उनीहरुले बुधबार टेम्पोमा जटही हुँदै भारतको पारी बजारमा गई लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया