बाराका शिक्षक स्वर्णकार हत्याको कारण विवाहेत्तर सम्बन्ध
१४ कार्तिक २०८०, मङ्गलवार
0
प्रतिक्रिया
१४ कात्तिक। बाराको कलैया उपमहानगरपालिका–६ मा बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसन्धान अधिकृतहरुका अनुसार, स्वर्णकार स्कुलका एक जना पूर्वशिक्षिकासँग प्रेम सम्बन्धमा थिए ।
सम्बन्धमा खटपट आएपछि उनी समेतको संलग्नतामा स्वर्णकारको गोली हानी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले ती पूर्वशिक्षिकलाई पक्राउ गरेको छ ।
स्वर्णकारका श्रीमती, एक छोरा र एक छोरी छन् । पूर्वशिक्षिका पछिल्लो समय अर्कै व्यक्तिसँग प्रेम सम्बन्धमा थिइन् ।
क्गशगपष् म्बकजबष्ल इााभच
त्यसपछि सिर्जना भएको परिस्थितिका बीच स्वर्णकारको हत्या योजना बनेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले स्वर्णकारको हत्या पछाडि प्रेम सम्बन्ध कारक रहेको अनलाइनखबरलाई बताए ।
‘हालसम्म प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ, उनीहरु सबैको संलग्नताबारे अनुसन्धान भइरहेको छ’, उनले भने, ‘स्क्रिनिङपछि संलग्न देखिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय, बाराले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छ ।’
यो पनि पढ्नुहोस
‘खाजा लिएर मोटरसाइकलमा फर्किँदै गरेका शिक्षकलाई गोली हानेर सीमा क्षेत्रतिर भागे आक्रमणकारी’
पक्राउ पर्नेमा केही भारतीय नागरिक समेत छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर स्वर्णकार ९गुड्डु० खाजा लिन घरबाट ५ सय मिटरको दूरीमा रहेको रोजबेरी होटलतिर गएका थिए । चाउमिन बोकेर फर्किँदा पौने १ बजेको थियो ।
कलैया उपमहानगरपालिका वडा नं। ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेका थिए ।
‘मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ’, लोहारले प्रत्यक्षदर्शीलाई उधृृत गर्दै भने, ‘उहाँले भाग्ने प्रयास गर्दै स्पिड बढाउनुभयो, तर अगाडिपट्टी रहेको मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछन् ।’
त्यसक्रममा रुपेशलाई कम्तीमा ५ राउण्ड गोली लागेको थियो । गोली लागेलगत्तै उपचारका लागि उनलाई कलैया अस्पताल लगिएको थियो ।
तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
अनुसन्धानमा संलग्न अधिकृतहरुले यसअघि पनि स्वर्णकारमाथि आक्रमणको प्रयास भएको बताएका छन् । यद्यपि, त्यसबेला यो विषय प्रहरीसम्म पुगेको थिएन ।