.

छठ पर्वका लागि विराटनगरको नहर सफाई

 १७ कात्तिक, विराटनगर । आसन्त छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिका वडा नम्बर ११ ले नहर सफाई गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष तीर्थेन्द्र नेउपानेको उपस्थितिमा नहरको सरफाई गरिएको थियो।


वडा नम्बर ११ अन्तर्गत पर्ने नहरका डिल र आपसपासको क्षेत्रमा छरिएका प्लाष्टिक, झार र अन्य फोहोर संकलन गरेर व्यवस्थापन गरिएको थियो । छठ पर्वमा पूजा गर्न आउने भक्तजनको सहजताका लागि नहर सफा गरिएको वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिनुभयो ।


उक्त अवसरमा वडाका जनप्रतिनिधि, स्थानीयबासी, समाजसेवीलगायतले नहर सफा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया