विराटनगर,डोटीको शिखर नगरपालिका–६ मा जीप दुर्घटना हुँदा ८ महिनाकी बालिकासहित ४ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।बाजुराको हिमाली गाउँपालिका–५ का २२
वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा
कविन्द्र र विमला मलालकी ८ महिनाकी छोरी प्रार्थनाको ज्यान गएको जिल्ला
प्रहरी कार्यालय डोटीले जनाएको हो ।घाइतेहरुको डोटी दिपायलमा रहेको शैलेश्वरी
अस्पताल पिपल्लामा उपचार भइरहेको छ । गएराति कैलालीको धनगढीबाट बाजुरातर्फ
जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप के आईसिंह राजमार्ग अन्तर्गतको अडेउल
भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गएराति २ बजे दुर्घटनामा परेको हो । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?