विराटनगर,दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको
लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री
स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले
जनाएको छ । मोटरसाइकल चालक रसुवा कालिकास्थान
नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् । उनलाई
उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?