.

आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै

 विराटनगर ,२४ कात्तिक । आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ ।


शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘विज्ञानमा  विश्वास  अभिवृद्धि’  भन्ने  नाराकासाथ नेपालमा पनि दिवस मनाइँदैछ । सन् २००१ मा यूनेस्कोले यो दिवसको शुरुवात गरेको हो ।


सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको माध्यमबाट बेरोजगारी समस्या सम्बोधन गर्न र देशमा औद्योगिक उत्पादकत्व बढाउँदै समृद्धि हासिल गर्ने उद्देश्य राखेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवसको अवसरमा शुभकामना व्यक्त गरी विज्ञान, प्रविधि र आविष्कारको क्षेत्र तथा जनशक्तिको भूमिकालाई सरकारले उच्च महत्त्व दिएको बताउनुभएको छ ।


उहाँले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणालीहरू एकीकृत गर्न विद्यमान संरचनाहरुको सशक्तिकरण र सबलीकरण गरी दीर्घकालीन नीति र कार्यक्तमहरु तर्जुमा गर्न सरकार तत्पर रहेको उल्लेख गर्नुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया