.

मुगु सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

 विराटनगर ,२४ कात्तिक ।छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिहीवार हिजो पक्राउ परेका उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गर्ने तयारी गरेको छ ।


पक्राउ पर्नेमा एक जना मृतकका मामाका छोरा तथा अर्का छिमेकी गाउँका रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उहाँले बताउनुभयो । 


यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र  आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो ।

हत्यारा पत्ता लगाउन कर्णाली प्रदेश प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायत टोली खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया