.

नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु ÷ एकजना गम्भीर घाइत÷ मृत्यु हुनेमा तीन महिला र तीन पुरुष

विराटनगर , २६ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९, एसमोडमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता एवंम् डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन ।माझडाँडाको बुलिङटारबाट कावासेती आउँदै गरेको नु२ज ३२७० नम्बरको जीप आइतबार बिहान साढे ११ बजे दुर्घटना भएको उनले बताए ।जीप तीव्र गतिका कारण दुर्घटना भएको उनले बताए ।डीएसपी पौडेलका अनुसार जीपमा सात जना सवार थिए । गम्भीर घाइते भएका एक पुरुषको उपचारका लागि चितवन पठाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया