विराटनगर,मिथिलाञ्चल लगायत तराई मधेसमा आजदेखि छठ पर्व सुरु भएको छ । अन्नकुट तथा
गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख
समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुनेगर्छ ।चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन नहाय खायको
विधि गरिन्छ । व्रत बस्नले आज नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।यस्तै छठपर्वको दोस्रो दिन भोलि शनिबार चामल, सक्खर र दूध मिसाएर बनाएको खीर (खरना) प्रसादको रुपमा खाने गर्दछन् ।आइतबार तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई
अर्घदिई पूजा गरिन्छ भने चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ
दिएपछि छठपर्व सम्पन्न हुनेछ ।छठ पर्वमा बाँसको ढाकी, माटोले बनेका सामग्री लगायत चढाइन्छ भने
प्रसादमा प्रमुख ठेकुवा, केराका साथै भुसुवा, खाजा, मिठाई, अदुवा, उखु,
हल्दी तथा फलफूल आदि सूर्यलाई चढाइन्छ ।छठ पर्वका लागि जनकपुरधामका पोखरीहरु सजाइएको छ । आदिदेव सूर्य भगवानलाई
अर्घ दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनार लगायत जलाशयका किनारलाई
विशेष रुपले सिंगारिएको छ ।जनकपुरधामको प्रसिद्ध गंगासागर, धनुष सागर तथा अंगराज पोखरीमा मात्रै ११
हजारभन्दा बढी श्रद्धालुले छठ पूजा गर्ने अनुमान गरिएको छ । पछिल्लो समय
काठमाण्डौलगायत पहाडी क्षेत्रमा पनि यो पर्व धुमधामकासाथ मनाउन थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?