.

आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन

विराटनगर , ४ मंसिर ।सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिएको छ । नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको समापन हुन्छ ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

आइतबार व्रतालुले अस्ताउँदो सूर्यलई अघ्र्य दिएका थिए । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, गौरीघाट लगायतका पोखरी तथा तलाउ, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए ।

यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा विराटनगरका केशलिया, सिंगिया, सुनसरी–मोरङ सिंचाई आयोजनाको नहरमा बनाईएका छठ घाटहरुमा ब्रतालुहरुको घुइँचो लागेको थियो ।

यसैगरि तराईका विभिन्न स्थानका साथै पहाडी जिल्लाहरुमा समेत छठको उत्तिकै रमझम रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया