.

रुकुम पश्चिम जीप दुर्घटना अपडेट : गम्भीर घाइते दुई जनाको ज्यान गयो

विराटनगर , ४ मंसिर ।  रुकुम पश्चिममा जीप दुर्घनामा परि गम्भीर घाइते भएका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा रहेका छन् ।


बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै ज्यान गएको हो । 


चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । 


घाइते अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरी हेलिकप्टरमार्फत चौरजहारी अस्पतालबाट अन्यत्र लैजान लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया