.

श्रीमान् श्रीमतीको झगडामा श्रीमानको ज्यान गयो

विराटनगर ,११  मंसिर । दैलेखको नौमूले गाउँपालिका–४ मा श्रीमान् श्रीमतीबीच झगडा हुँदा श्रीमानको ज्यान गएको छ । कालिका गाउँका ३८ वर्षीय भीमबहादुरको ज्यान गएको हो ।


प्रहरीका अनुसार गएराति भीमबहादुर र श्रीमती ३५ वर्षीया सीता योगीबीच झगडा भएको थियो ।


श्रीमान् भीमबहादुरले  पहिला पिटेपछि सीताले पनि श्रीमानलाई पन्यूँ र दाउराले प्रहार गरेकी उनीहरुका छोराछोरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज प्रहरी नायब उपरीक्षक ९डीएसपी० किशोर लम्सालले जानकारी दिनुभयो ।


सीतालाई प्रहरीले पक्राउ गरेको छ । सचेतनाको कमी र जाँडरक्सीको सेवनले नौमूलेमा हिंसात्मक घटना हुने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया