.

देशका धेरै ठाउँको मौसम धुम्म, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

 विराटनगर , १२ मंसिर । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ 

पश्चिमी वायुसँगै न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै ठाउँको मौसम धुम्मिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको अनुमान छ ।


यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान छ । 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया