विराटनगर , १२ मंसिर । धनुषाको धनौजी गाउँपालिका( ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक ९एसपी० मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।
दुईरतीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?