.

विराटनगर आगलागी घटनाका अर्का घाईतेको मृत्यु

विराटनगर  , २६ मंसिर । विराटनगर महानगरपालिका–७ मा गत मंसिर २० गते कवाडी गोदाममा आगलागीमा अर्का घाईतेको उपचारका क्रममा मृत्यु भएको छ ।

आगलागीमा परेर घाईते रितादेवी सरदारको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको हो ।

कवाडी गोदाममा आगलागीमा परेर विराटनगर–६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको थियो ।
सुशिला पासवानको घटना स्थलमा नै मृत्यु भएको थियो । दिपक मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० बर्षीया पिङ्की कामत र विराटनगर–६ का किशोर पासवानको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भईरहेको थियो ।

सरदारको उपचारका क्रममा मृत्यु भएको मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया