.

अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै, नेपालमा असर नपर्ने

विराटनगर ,१५ चैत्र ।अप्रिल ८ तारिख अर्थात चैत २६ गते अमेरिकामा खग्रास सूर्यग्रहण लाग्दै छ । यस दिन अमेरिकामा दिउँसै अँध्यारो हुने खगोलविदहरुले बताएका छन् । तर नेपालबाट भने सूर्यग्रहण देखिने छैन ।
वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुर काठमाडौंका वेधशाला व्यवस्थापक एवम् सूचना अधिकारी सरोजराज शाहीले सूर्यग्रहणको असर नेपालमा नपर्ने र नेपालबाट नदेखिने बताए ।
यस वर्षको सुरुवातमा गत वैशाख ७ र असोज २७ गते लागेको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन ।सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा सूर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयका लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया