.

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै गर्दा अदालत परिसरको सुरक्षा व्यवस्था कडा

विराटनगर ,२ जेष्ठ ।उच्च अदालत पाटन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ भइरहेका बेला अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको हो।

अदालत आसपास सन्दीप लामिछानेका समर्थकहरूको भीड बढेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो। सम्भवतः आज सन्दीपको मुद्दामा फैसला आउने बताइएको छ। फैसला आउने भएपछि क्रिकेटर लामिछाने पनि अदालत पुगेका छन्।

मंगलबार बहस नसकिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा परेको थियो। पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपको मुद्दा सुनुवाइ भइरहेको छ। राउन्डरतर्फ शीर्ष १० मा परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले आज सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै १० औँ स्थानमा आइपुगेका हुन् । उनी टी–२० अलराउन्डरको वरीयतामा एसोसिएट राष्ट्रतर्फ पहिलो नम्बरमा छन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ ११ औँ स्थानमा थिए ।

यस्तै टी–२० वरीयताको अलराउन्डरतर्फ कुशल मल्ल ३३ औँ र गुल्सन झा ६१ औँ स्थानमा यथावत् रहँदा कप्तान रोहितकुमार पौडेल एक स्थान तल झर्दै ६६ औँ स्थानमा छन् । यसैगरी करण केसी एक स्थान सुधार गर्दै ७४ औँ स्थानमा उक्लिएका छन् ।

टी–२० वरीयताको ब्याटिङतर्फ दीपेन्द्र ५० औँ स्थानमा यथावत् छन् । यस्तै कप्तान रोहित तीन स्थान तल झर्दै ६१ औँ स्थानमा छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८७ औँ स्थानमा छन् ।

टी–२० वरीयताको बलिङतर्फ सोमपाल कामी ९२ औँ स्थानमा यथावत् छन् । टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्दै १७ औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया