.

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा २ जनाको ज्यान गयो, १६ जना घाइते

विराटनगर ,७ जेठ।  सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०१  ००२ ख ०७५२ नम्बरको मिनिबस आज दिउँसो साढे १ बजे वीरेन्द्रनगर नजिकै कटुका र कपासेबीचको जङ्गलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ज्यान गुमाएका दुवै जनाको परिचय खुलिसकेको छैन । दुर्घटनामा १६ जना घाइते भएका र उनीहरूको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ९एसपी० रुपेश खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया