मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार
१० असार २०८१, आइतवार
0
प्रतिक्रिया
विराटनगर ,९ असार । मुख्यसचिव डा.वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता भएको देखिएपछि उनीविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेको हो।
उनीविरूद्ध अन्तशुल्क स्टिकर घोटालासम्बन्धमा पनि छानबिन भइरहेको छ। अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा भएको विभिन्न सञ्चार उपकरण र छपाईसँग सम्बद्ध घोटाला प्रकरणमा मुछएपछि मुद्दा चलाउने निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको छ ।
‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको विषयमा अख्तियारमा उजुरी परेको थियो।