.

भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै

विराटनगर । भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ । भारतीय टोलीको कप्तानी रोहित शर्मा र श्रीलङ्काको कप्तानी चरित असालान्काले गर्दैछन् ।

यसअघि श्रीलङ्कासँगको टी–२० शृङ्खलामा भारतीय टोलीको कप्तानी सूर्यकुमार यादवले गरेका थिए ।  तीन खेलको टी–२० शृङ्खला भारतले ३–० ले क्लिन स्वीप गरेको थियो । एक दिवसीय खेलको दोस्रो खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया