.

बाँकेको गनापुरमा बस दुर्घटना : २ जनाको ज्यान गयो, २७ जना घाइते

विराटनगर । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् ।


दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० नारायण डाँगीका अनुसार ज्यान गुमाउनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन् ।


घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया