.

तोरेन्द्रमान सिंह फाउन्डेशनद्वारा वृद्धहरूलाई चप्पल वितरण

विराटनगर , सोमबार | तोरेन्द्रमान सिंह फाउन्डेशनले मानव सेवा आश्रममा आश्रित वृद्ध नागरिकहरूका लागि एक सामाजिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ। बन कार्यालय रोडस्थित मानव सेवा आश्रममा आयोजित कार्यक्रममा ९२ जना वृद्धहरूलाई जाडोको मौसममा खाली खुट्टा हिँड्न नपरोस् भन्ने उद्देश्यले चप्पल वितरण गरिएको हो।

फाउन्डेशनका अध्यक्ष सुदर्शन बहादुर श्रेष्ठको नेतृत्वमा सम्पन्न यस कार्यक्रममा श्याम पौडेल र राजन श्रेष्ठ उपाध्यक्षको रूपमा सहभागी भएका थिए। फुलकुमार लालवानी, पूर्व लायन्स गभर्नर रेवत कार्की, सम्झना प्रधान, लायन्स निर्मल कोचर र शुभाष अमात्यजस्ता सदस्यहरूले पनि यस मानवीय पहलमा सक्रिय सहभागिता जनाएका थिए।

सचिव हरि बहादुर श्रेष्ठका अनुसार यो कार्यक्रमको मूल उद्देश्य आश्रममा बसोबास गर्ने वृद्ध नागरिकहरूको सामाजिक सुरक्षा र कल्याणमा योगदान पुर्याउनु थियो। शीतको कठिन मौसममा उनीहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखेर चप्पल वितरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया