विराटनगर । विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान शुरूवात भएको छ । आज बिहानैदेखि जनकपुरधामवासीहरुले सरसफाइ अभियान सञ्चालन गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाइ अभियानमा आम नागरिकहरुले पनि साथ दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकका प्रमुख मनोज साहले विवाहपञ्चमीका लागि उपमहानगरपालिकाले पाँच हजार मानिसहरुलाई धनुष यज्ञमा राम्रोसँग बस्नका लागि व्यवस्था मिलाइरहेको बताउनु भयो ।
अयोध्याबाट आउने ५ सय जन्ती र विवाहपञ्चमीको दिन २१ गते ५ लाख जना मानिसहरुको व्यवस्थापन गर्नका लागि पहल गरिरहेको बताउनु भयो । आम नागरिकको लागि शौचालय, बासको व्यवस्था मिलाउने काम गरिरहेको बताउनु भयो ।