.

मोरङमा २४ घण्टाभित्र २ जना मृत फेला

विराटनगर ,कार्तिक २० । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा पछिल्लो २४ घण्टाभित्र २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय, मोरङले दुवै घटनाको गम्भीरतापूर्वक अनुसन्धान थालेको जनाएको छ ।


ग्रामथानको पैनीमा धनपालथान गाउँपालिका–५ बस्ने ५६ वर्षीय दुर्गा प्रसाद खवास मृत अवस्थामा भेटिएका हुन् । ग्रामथान गाउँपालिका–७, साधुटोलस्थित पैनीमा बिहीबार उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

यसैगरी, मिक्लाजुङमा उर्लाबारी नगरपालिका–१ बस्ने ४२ वर्षीय मनकुमार तामाङ मृत फेला परेका हुन् । मिक्लाजुङ गाउँपालिका–६, कत्लेस्थित सडक छेउ उनी बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ ।


यसैबीच, देशका अन्य दुई जिल्लामा पनि सोही अवधिमा दुई जना मृत भेटिएका छन् । बाँकेको खजुरा गाउँपालिका–२, एल गाउँमा बस्ने २८ वर्षीय लोग बहादुर सुनार आफ्नै घरभित्र बुधबार मृत भेटिएका हुन् ।


यस्तै, इलामको देउमाई नगरपालिका९७, सिउरेनीस्थित माईखोलाको किनारमा माई नगरपालिका–९ बस्ने ५० वर्षीय अर्जुन मगर बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


प्रहरीले यी सबै घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको यकिन कारण खुल्ने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया