.

नेपालमा भारतीय गाडी निषेध गर्नुपर्ने लगायतका ९ बुँदे माग राख्दै व्यवसायी आन्दोलीत

विराटनगरस, २५ साउन । ९ बुँदे माग राख्दै यातायात व्यवसायी तथा चालकहरू आन्दोलित भएका छन्। मजदूर चालक स्वतन्त्र संघर्ष समितिको आह्वानमा बिहीबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि ट्याक्सी चालक आन्दोलन गरेका हुन्।

उनीहरुले नेपाली भुमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने,काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने, चालकलाई दुव्र्यवहार गर्ने काम बन्द गर्नुपर्ने, अंग्रेजीमा लेखिएको इम्बोष्ट नम्बर हटाएर नेपाली कायम गर्नुपर्ने, नेपालभरिका ट्याक्सी भाडादर एउटै कायम गरि अन्तर्राष्ट्रिय नीति लागू गर्नुपर्ने लगायतका माग राखेका छन्।  ।

तेस्रो पक्ष बीमाबाट दुर्घटना भएकोलाई सम्पूर्ण उपचार खर्च राज्यबाट लागु गरी मृत्यु भएमा २५ लाखको राहत प्रदान गर्नुपर्ने, ट्याक्सी मिटर सिल चुडिँदा गाडी साहु र चालक जेल जानुपर्ने कानुन खारेज गर्न व्यवसायीले माग गरेका छन्। यातायातका सेतो, पहेँलो, हरियो, निलो, रातो र कालो प्लेटको सम्मान व्यवहार गर्नुपर्ने उनकीहरुको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया