.

मेयर कोइरालाको नेतृत्वमा रथयात्रा हुने रुटको निरीक्षण

विराटनगर ,२६ साउन । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।  हिजो बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ ।

रथ घुमाउन सहज हुनेगरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने मेयर कोइरालाले बताउनुभयो । यसपटकको रथयात्रामा ५ वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो । 

मेयर कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यसपटकको रथयात्रालाई भव्य बनाइने बताउनुभयो । महानगरको संयोजनमा यसपटकको रथयात्रा हुँदैछ । महानगरको प्राविधिकसहितको निरीक्षण टोलीमा महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका बाबुराजा ओझा, कैलाश रेग्मी, कृष्ण कार्कीलगायतको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया