.

३ राजमार्ग ३ स्थानमा अवरूद्ध, ३८ ठाउँमा एकतर्फी

विराटनगर , २८ साउन । देशभर परेको अविरल वर्षाका कारण ३ वटा राजमार्ग ३ ठाउँमा अवरूद्ध रहेको छ। ३८ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।


पहिराले पटकपटक अवरूद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले निर्बाध सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।


त्यस ठाउँमा पनि शनिबार रातिदेखि नै पानी परेकाले पहिरो खस्ने जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले सतर्क गराएको छ।सडक विभागका अनुसार अहिले तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ।


यस्तै, कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन–रिडी–कोरला सडक म्याग्दीको बैसरीमा अवरूद्ध रहेको विभागले बेवसाइटमार्फत अद्यावधिक गरेको छ।रिडी–बालकोट–हंसपुर–प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जानकारी दिएको छ। मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति पुगेको विभागको तथ्यांक छ।


२४ वटा राजमार्गको १८१ स्थानमा अवरूद्ध भएकामा १४० ठाउँमा दुवैतर्फ सञ्चालनमा ल्याइएको र ३८ ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको विभागले बताएको छ।

बाढी–पहिरोका कारण अहिलेसम्म राष्ट्रिय राजमार्ग २ हजार ८३ घन्टा अवरूद्ध भएका अवरूद्ध भएका छन्।

यसैगरि हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। ।  गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा भैँसे भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए ।

भारी वर्षाका कारण हेटौँडा४ हुँदै बग्ने कर्रा खोलामा आएको बाढी बस्तीमा पसेको छ । गर्दाेही क्षेत्रमा रहेका केही घर डुवानमा परेको प्रहरीले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्नेक्रममा रहेकाले उक्त क्षेत्रमा सुरक्षित स्थानमा जान प्रहरीले जानकारी गराएको छ । विगतमा पनि भारी वर्षातको बेला उक्त क्षेत्र डुब्दै आइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया