.

बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर , २८ साउन ।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बिहीबार १ बजेतिर रामेछाप नगरपालिका–८ बाबियाखर्कका ३७ वर्षीय भुपेन्द्र भुजेलले बालिकालाई जबरजस्ती करणी गरेको जानकारी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया