.

सर्लाहीमा सर्पले डसेर एक वृद्धाको मृत्यु

विराटनगर , ३२ साउन  ।सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ ।

७४ वर्षीया इन्द्रमाया श्रेष्ठलाई राति घरमा सुतेको समयमा गोमन सर्पले डसेको स्थानीयले बताएका छन् ।

सर्पले डसेपछि श्रेष्ठलाई उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयले बताएका छन् ।


सर्लाहीमा यो वर्ष विषालु सर्पले डसेर ३ जनाको मृत्यु भइसकेको छ । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया