.

विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर , १ भदौ ।  विराटनगर महानगरपालिका(१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १(०२(०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा मोटरसाईकलमा सवार विराटनगर(१९ का २१ बर्षीय अशोक राई र विराटनगर(२० का २१ बर्षीय बिश्वराज राईको साथबाट ३ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै प्रहरीले पक्राउ गरेको हो । ‍

लागुऔषध सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया