विराटनगर , ३ भाद्र । हङकङबाट मोटरसाइकलमा राख्ने ुब्रेक शुु मा लुकाएर ल्याइएको ६० किलो सुन तस्करीमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिनुभएको छ ।तीन जना चिनियाँ नागरिकसँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी भएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट जारी भएको नागरिकता फेला परेको पनि उहाँले बताउनुभयो ।बिहीवार राति थप दुई जना चिनियाँ नागरिक पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्ने चिनियाँ नागरिकको सङ्ख्या सात पुगेको छ । सुन तस्करी प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ ।गएको साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक शु बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआईबीलाई हस्तान्तरण गरेको थियो ।