.

प्रस्तावित प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ भोलि, उजुरीकर्तालाई बोलाइयो

विराटनगर , भदौ ३ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा  छलफल भएको छ। आइतबार बिहान सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूबीच श्रेष्ठविरुद्ध परेका उजुरीबारे सामान्य छलफल भएको हो।


श्रेष्ठविरुद्ध तीवटा उजुरी परेका र उजुरीकर्तालाई भोलि छलफलका लागि बोलाउने निर्णय भएको समिति सदस्य जीवन परियारले अन्नपूर्णलाई जानकारी दिए।


उनले भने,प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ३ वटा उजुरी परेका छन्। उजुरीकर्तालाई भोलि छलफलका लागि बिहान १०स्३० बजे बोलाउने निर्णय भएको छ। प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि भोलि नै संसदीय सुनुवाइ हुन्छ।ु


संसद सचिवालयका अनुसार दुईवटा इमेलबाट उजुरी परेका छन् भने एसके तिमिल्सेनाले भौतिकरूपमै उपस्थित भएर उजुरी दिएका छन्।


यसअघि  साउन २३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको थियो। साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।


संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया