.

प्रदीप गिरिको स्मृतिमा लहानमा रक्तदान

४ भदौ, विराटनगर । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको प्रथम स्मृति दिवसमा लहानमा ६२ जनाले रक्तदान गरेका छन्।  


नेपाली कांग्रेस लहान नगर कार्य समितिले उक्त रक्तदान र श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो। गाउँगाउँबाट आएका युवाहरूले रक्तदान गरेका थिए। रक्तदानसँगै स्वर्गीय गिरिको तस्बिरमा फूल र अबिर अर्पण गरी नेता तथा समाजसेवीहरूले श्रद्धाञ्जली दिएका थिए। 


कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव, क्षेत्रीय सभापति महेश चौधरी, महासमिति सदस्य रामसुन्दर चौधरी, अच्छमितलाल चौधरी लगायत नेताहरूको उपस्थिति रहेको नगर सभापति शीतलप्रसाद चौधरीले जानकारी दिए। 


स्वर्गीय गिरिको घर लहान नगरपालिका–१४ वस्तीपुर हुन्। उनी यसक्षेत्रका पूर्व सांसद पनि हुन्। २०७४ मा उनी निर्वाचित भएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया