रामेछाप कारागारमा भौतिक संरचनाको अभावमा कैदी राख्न समस्या
६ भदौ २०८०, बुधवार
0
प्रतिक्रिया
विराटनगर , ६ साउन । रामेछाप कारागारमा निर्माण गर्नुपर्ने संरचना समयमै निर्माण नहुँदा कैदी राख्नलाई समस्या भएको छ। कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएको छ।
१५० जनादेखि बढीमा २०० कैदीबन्दी अटाउने उक्त कारागारमा ३ सयभन्दा धेरै कैदीबन्दी राखिएका छन्। पहिलाको तुलनामा केही कैदीलाई अन्यत्र सारिएको भएपनि भौतिक संरचना अभावमा जेनतेन व्यवस्थापन गरिएको कारागार प्रमुख रुपलाल तामाङले जानकारी दिए। उनले भने,‘कारागारलाई सरकारले सुधार गृहको नाममा नामाकरण र सो बमोजिमको सुविधा उपलव्ध गराउने नीति भएपनि रामेछाप कारागार भने सास्ती गृहको रुपमा परिणत छ । भौतिक संरचनासमेत पुरानै भएको र पछिल्लो मापदण्डअनुसार नभएको पनि तामाङले बताए । कारागार २०७२ सालको भूकम्पले लडाएपछि केहि भागमा मात्र पुनर्निर्माण गरिएको हा े। कारागारमा रहेका महिलाहरूको लागि बेग्लै कोठा भएपनि उनीहरुको बसाइ अझ कष्टकर छ । एउटै कोठामा १५ जना अटाएका छन्। भान्सालाई बारेर थप २ जना राखिएको छ । तामाङका अनुसार २०७२ को विनासकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कारागार पुनर्निर्माणको कार्यक्रम राखेको थिया े। त्यसबेला कारागार भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन सकेन । कारागार रहेको जग्गासँगै जोडिएको नेपाल खाद्य संस्थानको जग्गा खरिद गर्न सके आधुनिक कारागार भवन निर्माण हुन सक्नेतर्फ अधिकारीहरुले माथिल्लो निकायलाई जानकारी गराएका छन्। । संरचना कहिले निर्माण हुन्छ भन्नेमा समेत टुङ्गो नभएको उनको भनाई छ।