.

दुधकोशी र कमला नदीले नाध्यो खतराको जलसतह

विराटनगर , ८ भदौ ।  सिरहामा पछिल्लो २४ घन्टामा १ सय ९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।


निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन भनेको हो ।


शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । दुधकोशी र कमला नदीमा जल सतह खतराको तह भन्दा माथि पुगेको जनाइएको छ ।


खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जलसतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया