.

सप्तरीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गयो

विराटनगर , १३ भदौ ।सप्तरीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गएको छ  । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रम्पुरा टोल बस्ने शैलेन्द्र मण्डलको छोरा १२ वर्षीय आशिक मण्डलको मृत्यु भएको हो । आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया