.

आज छैटौँ विश्व संस्कृत दिवस मनाइँदै

विरमटनगर , १४ भदौ । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाउने गरिएको विश्व संस्कृत दिवस आज मनाइँदैछ ।

२०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । छैटौँ विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतलगायत देशका विभिन्न संस्थाले संयुक्तरुपमा गरेका छन् ।

नेपालमा छैटौँ विश्व संस्कृत दिवसको मूल समारोह आज काठमाण्डौमा आयोजना गरिएको छ ।

देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुने काठमाण्डौ विश्व विद्यालयका सहप्राध्यापक डा निर्मलमणि अधिकारीले बताउनुभयो । 

प्राचीनकालमा शैक्षिक सत्रको शुरुआत पनि साउन शुक्ल पूर्णिमाकै दिनदेखि शुरु गरिने गरेकाले यस दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया