.

कोशी,बागमती र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने

विरमटनगर , १४ भदौ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली  रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भूभागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमौसम पूर्वानुमान महाशाखा जनाएको छ।

त्यसैगरी आज राती देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया