.

जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको कटारीबाट विराटनगरका पण्डित पक्राउ

विराटनगर  , १४ भदौ । उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।


कटारी नगरपालिका(४ बस्ने मोरङ विराटनगर महानगरपालिका(१६ का ४२ वर्षीय दिनेश पण्डित पक्राउ परेका हुन्।


उनलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटिएका प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।


पण्डितविरूद्ध २८ वर्षीया महिलाले धम्की डर देखाई जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन्। सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया