.

रुकुममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

विराटनगर , १८ भदौ ।रुकुम पश्चिममा खोलाले बगाउँदा २ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीय भावना बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।


मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । हिजो अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उहाँले बताउनुभयो ।


मनोजको १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा २ दाजु बहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ । हिजो रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया