.

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र राख्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई सिफारिस गरेको छ । 

दुई वटा मतदान केन्द्र थप भए सँगै मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ९० वटा मतदान केन्द्र रहने भएको छ । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरूका लागि आदर्श पुस्तकालयमा अस्थायी मतदान केन्द्र स्थापना गर्न सिफारिस गरिएको छ । 

अस्थायी मतदाताका लागि ५ हजार २ सय ८२ जनाको नामावली संकलन भएको र यसमा मोरङ कारागारका १ सय ६४ जना कैदी बन्दीले समेत नाम दर्ता गराएका छन् । 

यसैगरी मोरङ कारागारमा रहेका कैदी बन्दीका लागि एउटा अस्थायी मतदान केन्द्र सिफारिस गरिएको निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । 

निर्वाचनमा खटिने कर्मचारीहरूले भने आफू खटिएको मतदान केन्द्रमा नै समानुपातिक तर्फ मतदान गर्न पाउनेछन् । मोरङमा अस्थायी मतदाता नामावलीमा रहेका कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दी तथा वृद्धाश्रममा रहेका आश्रित नागरिकहरूले अस्थायी मतदान केन्द्रमा समानुपातिक तर्फ मात्र मतदान गर्न पाउनेछन् ।

त्यसैगरि

आउदो निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ ।

काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ ।‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने आयोगले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया