.

बारामा आमा र छोराको हत्या प्रकरण ः मृतक सुमित्रादेवीकी बुहारीसहित दुईजना पक्राउ

बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धर्मेन्द्र महतो रहेका छन् ।उनको थप विवरण खुल्न बाँकी छ। घटनाको अनुसन्धान गर्ने क्रममा संलग्नता देखिएपछि पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रहरीले यसअघि घटनामा मारिएकी सुमित्रादेवीकी २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिएको थियो ।

परवानीपुर गाउँपालिका– १ रहरियाडीमा बुधबार बिहान २ बजेतिर चक्कु प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको हत्या गरिएको थियो । घटनामा सुमित्राका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीय छोरी रिनाकुमारी घाइते छन् ।

घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया